लकडाउन उल्लघंन गर्ने बढ़दै काठमाण्डौ मा मात्रै १ हजार ३ सय प्रहरी नियन्त्रणमा
चैत्र २७ काठमाडौं_ कोरोना भाइरसको संक्रमण प्रति सतर्कता अपनाउदैं सरकारले आव्हान गरेको लकडाउन उल्लघंन गर्ने १ हजार ३ सय बढीलाई प्रहरीले आज बिहानै पक्राउ गरेको छ ।
उनीहरुलाई बिहान ८ बजेसम्ममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ति मध्ये १ हजार १ सय पुरुष र २ सय ७८ जना महिला रहेको प्रहरीले जनाएको छ । यस्तै लकडाउन उल्लङ्घन गर्दै चलाइएका २ सय ४९ सवारी साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्राफिक प्रहरीले यी गाडी अत्यावश्यक बाहेकका कामका लागि चलाएको पाइएकाले दिनभरि होल्ड गरेर बेलुकी मात्रै फिर्ता गर्ने जनाएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । सरकारले लागू गरेको लकडाउनको आज १७ औं दिन पुगेको छ ।
वीरगंजमा पनि हिजो ४५ जनालाई होल्ड डाउनमा राखिएको थियो । वीरगंजमा आज बिहानै देखि लक डाउनलाई कडा पारिएको छ । थोरै समयको लागि बिहान लागने तरकारी र फलफूल बजार पनि आज लागन पाएन । बिहान को बजार बन्द हुँदा दैनिक उपभोग्य सामाग्रीको अभाव वीरगंज बासीले खेपनु परेको छ ।