१४ अप्रिलमा लकडाउन हटाउन सम्भव छैन, हट्दैन भारतीय प्रधानमन्त्री नरेंद्र मोदी को भनाई
चैत्र २६ एजेंसी _कोरोनाभाइरस संक्रमण रोकथामका लागि भारतमा २५ मार्चदेखि २१ दिने लकडाउन आह्वान गरिएको छ । अब यो लकडाउन १४ अप्रिलमा सकिने भएपछि त्यसपछि के हुन्छ भन्ने प्रश्न त्यहाँ उब्जिन थालेको छ ।
तर, पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या पनि निरन्तर बढ्दै गएको छ । त्यसैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विभिन्न राज्यका मुख्यमन्त्रीहरुले लकडाउन जारी राख्न अनुरोध गरेका थिए ।
अब प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले अहिले तत्काल भारतमा लकडाउन हटाउन सम्भव नभएको बताएका छन् । भिडियो कन्फ्रेन्सका माध्यमबाट राजनीतिक दलका नेताहरुसँग उनले गरेको बैठकमा यो बताएका हुन् । ‘सम्भव छैन,’ उनले भनेका छन्, ‘लकडाउन हट्दैन ।’
यो कुराकानीमा उनले आफ्नो पूरै समय लकडाउनका लागि नै दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । ‘अहिले देशमा सामाजिक आपतकाल लागेको हो,’ उनले भनेका छन्, ‘हामी अझ सतर्क हुन जरुरी छ ।’
अहिले भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५ हजारभन्दा बढी पुगिसकेको छ ।