वीरगंज वार्ड न. ८ को राहत बितरण मा भोट को राजनीति
0
Shares
चैत्र २६ वीरगंज _ कोरोना को कारण आफ्नो घर जान नपाएका बिरगंज का ठेला रिक्सा चालक र अति बिपन्न ब्यक्ति लाई वीरगंज वार्ड न. ८ को राहत बितरण मा पाखा लगाइएका छन । वीरगंज वार्ड न. ८ द्वारा राहत बितरण गरिएको बेला भोटर लिस्टमा नाम भएका मानिसलाइ मात्र राहत दिन मिलने भनेर बिरगंजमा ठेला रिक्सा चलाउदै आएका सरोज गुप्ता लाई वीरगंज वार्ड न. ८ द्वारा राहत बितरण को टोलीले फ़र्काएका छन।
भोट को राजनीति गर्नलाई मात्र राहत बितरण गरिएको हो की गरीब र बिपन्न बर्गलाई राहत दिन खोजिएको हो यो कुरा अहिले को कोरोना राहत बितरनमा प्रष्ट भएको छ । अहिले को राहत बितरनमा आफ्ना वरिपरी का मानिस र राजनीति कार्यकर्ता लाई मात्र राहत वितरण भयो भनेर सर्वत्र आरोप पनि लागि रहेको छ ।