किसान को समस्या कसले बुझने ?
काठमाडौं । कोरोना भाइरसका कारण गरिएको लकडाउनले गर्दा दुग्ध क्ष्ँत्रलाई निकै प्रभावित पारेको छ । लकडाउनका कारण ३० प्रतिशत दूध मात्र बजारमा जान्छ । अरु बाँकी ७५ प्रतिशतले दूधलाई कि फाल्छन् कि गाइगोरुलाई खुवाउँछन् । अथवा केहीले पनिर, दही बनाएर राख्छन् । दूधको मुख्य बजार नै काठमाडौं उपत्यका हो ।
लकडाउनका कारण झण्डै ३ लाख भन्दा बढी मानिसले काठमाडौं उपत्यका छाडेका छन् । होटल, रेस्टुरेन्ट बन्द छन् जसले गर्दा दूध खपत ह्वात्तै घटेको डेरी उद्योगी एवम् डेरी उद्योग संघका निवर्तमान अध्यक्ष अरनीको राजभण्डारीले बताए ।
त्यस्तै कोरोना सङ्क्रमणको रोकथामका लागि बन्दाबन्दीका कारण बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हाल्न थालेका छन् । नेपाल ह्याचरी उद्योगका अध्यक्ष टीकाराम पोखरेलले अण्डा चल्ला खाल्टोमा हाल्न थालिएको बताउनुभयो । अध्यक्ष पोखरेलका अनुसार नेपालभर हप्तामा ४२ लाख चल्ला उत्पादन हुने गरेको छ । तीमध्ये चितवनमा मात्रै १५ लाख चल्ला तयार हुन्छन् । तीमध्ये १० देखि १५ प्रतिशत मात्र बिक्री भएको र अरू खाल्टोमा हालेको उहाँले बताउनुभयो ।
बिक्री नभएर मात्र नभई दाना पाउन मुस्किल भएपछि पनि किसानले पालेका कुखुरा जिउँदै खाल्डोमा हाल्न थालेका हुन् । पोखरेलका अनुसार अहिले नेपालभर कुखुरा व्यवसायीले दैनिक झन्डै २२ करोड रुपियाँ घाटा बेहोर्नुपरेको छ । नेपाली बजारमा दैनिक करिब १० लाख केजी कुखुराको मासु खपत हुने गरे पनि अहिले व्यवसाय नै ठप्प भएको किसान बताउँछन् । कुखुराका लागि आवश्यक दाना बजारमा नपाउनु र ढुवानी गर्न नसक्नु जस्ता कारण यतिबेला किसान समस्यामा परेका हुन् ।