कपिलवस्तुमा आइसोलेसनमा रहेका एक बिरामीको मृत्यु
0
Shares
कपिलवस्तुमा आइसोलेसनमा उपचार गराइरहेका एक बिरामीको मृत्यु भएको छ ।
कोरोना भाइरसको आशंकामा कपिलवस्तु अस्पलतालको आइसोलेसनमा रहेका ३० वर्षीय गोवर्धन भरको मृत्युएको अस्पतालका मेडिलक सुपरिटेण्डडेन्ट किशोर बन्जाडेले जानकारी दिए ।
विजयनगर गाउपालिका–२ जलैयाका ३० वर्षीय भरको उपचारकै क्रममा सोमवार राति ८ बजे मृत्युएको बन्जाडेले बताए ।
कोरोना परिक्षणको लागि उनको स्वाव पठाइएको भएपनि रिपोर्ट नआइसकेको अस्पतालले जनाएको छ ।