लकडाउनमा समय व्यवस्थापन कसरी गर्ने
रितु गुप्ता , बिरगंज
समय व्यवस्थापन पनि एउटा अवसर र चुनौती नै हो । हामी सबै जहिले पनि हाम्रो अस्तव्यस्त कार्य तालिकाबाट केहि दिनका लागि छुट्टि चाहन्थ्यौँ, रमाइलो गर्न, आराम गर्न, आफैँको हेरचाह गर्न र हाम्रो शौकहरुको पछि लाग्न। तर कुनै विचार थिएन, प्रकृतिले हाम्रो इच्छा यस तरिकाले पुरा गर्नेछ भनेर। हिजो धेरै काम भएर समय व्यवस्थापन गर्न गाह्रो थियो भने आज केहि काम नभएर समय बिताउन गाह्रो भएको छ। तसर्थ समय व्यवस्थापन गर्न हिजो जति जरुरी थियो आज पनि त्यत्तिकै आवश्यक छ। अचेल प्राय सबैको समय एउटै विषयको सामाचार बारम्बार हेरेर, त्यही विषयमा कुराकानी गरेर, मोबाइल फोन, टि.वी. हेरेर, सुतेर वा अन्य अनुपयुक्त वा अनुत्पादक काम गरेर बितिरहेको छ। यसरी आजकल धेरै मानिसहरुको समय र उर्जा खेर जानुका साथै जनसमुदायमा भय, आलस्य, मोटोपन, आँखालाई तनाब र अनुत्पादकत्व पनि बढ्दै गइरहेको छ।
परमेश्वर उनीहरुलाई सहयोग गर्नुहुन्छ जसले आफैँलाई मद्दत गर्छ। समय व्यवस्थापन भनेको संगठित गर्ने र योजना बनाउने प्रकृया हो जुन तपाईंको समयलाई विशेष गतिविधिहरु बिच कसरी विभाजन गर्ने र छोटो समयमा अधिक काम कसरी गर्ने भन्ने कला पनि हो, विज्ञान पनि हो र निरन्तर प्रकृया पनि हो। यस समयको सदोपयोग गर्न प्रतिबद्ध हुन तपाईलाई के ले रोकिरहको छ? केवल बहानाले, होइन त? समय व्यवस्थापनका केहि यस्ता सुत्रहरु छन्ः
योजना बनाउनोस्ः
पूरा दिनको लागि आफ्नो गतिविधिहरुको योजना बनाउन हरेक बिहान केहि मिनेट छुट्याउनहोस्। सम्भव भएसम्म अलमलाउने चीजहरुबाट टाँढा बस्न प्रयास गर्नुहोस्। एउटा डाएरीमा To Do अथवा Not To Do सुचीको नोट बनाउनुहोस्। किनभने यदि तपाईं के गर्न चाहनुहुन्छ भन्ने बारे निश्चित हुनुहुन्न भने कमसेकम निर्णय गर्नुहोस कि तपाईले आफ्नो बहुमूल्य समयलाई के गरेर खेर फाल्नुहुन्न जस्तैः दिनभरी सुतेर, मोबाइल फोन चलाएर ।
प्राथमिकतानुसार कामको आयोजना गनोस्ः
तपाईं के गर्न चाहनुहुन्छ भनेर केन्द्रित हुनुस्, यसले तपाईंलाई तपाईंको समय माथी पूर्ण नियन्त्रण दिनेछ। तपाईंको To Do सूचीका आइटमहरु क्रमबद्ध गर्नुहोस्। यदी तपाईं ध्यान गर्न, व्यायाम गर्न, तपाईंको घर सफा गर्न, नृत्य गर्न, चित्र बनाउन, अध्ययन गर्न, गितार सिक्न, अंग्रजी सिक्न वा अन्य नै केहि गर्न चाहनुहुन्छ भने के बढी महत्वपर्ण छ आफ्नो अन्तस्करण प्रयोग गरेर छुट्याउनहोस्।
८०÷२० को नियम अपनाउनोस्ः
परेटोले दिएको सिद्धान्तानुसार तपाईंको कडा परिश्रमको २० प्रतिशत ले ८० प्रतिशत नतिजा उत्पन्न गर्दछ। त्यसैले तपाईंको समयको सबैभन्दा प्रभावकारी प्रयोग गर्न त्यो २० प्रतिशत लाई ध्यान दिनोस्। तपाईंका सबभन्दा महत्वपर्ण कामहरु प्हिचान गर्नोस् र यी ५ चरणहरु पालना गर्नहोस्ः
तपाईंले अपेक्षा गरेको नतिजा बारे सोच्नोस्।
यसलाई आवश्यक कार्यहरुमा विभाजित गर्नुहोस्।
पूर्ण समर्पणका साथ कार्य गर्नोस् र सहि क्रममा काम गर्नोस्।
काम पूरा नभएसम्म दोहोर्याउनोस्।
तपाईंको कार्य क्षमता बढाउनका लागि कार्यहरुको सूचीमा सबै कार्यहरुलाई ८०÷२० को नियमानुसार गर्नोस्।
एउटा समयमा एउटै कार्य गर्नोस्ः
हामी सबै एकैचोटी धेरै किसिमको काम गर्नको लागि प्रयास गर्छौँ र प्रायः कुनै पनि चाहे अनुसार राम्ररी पूरा गर्न सक्दैनौँ। जब तपाईं बोल्नुहुन्छ, बोल्नोस्। जब तपाईं सुन्न हुन्छ, सुन्नोस्। तकि तपाईं हातमा रहेको कामलाई पूर्ण ध्यान दिन सक्नुहुन्छ। एक पटकमा एक चीज गर्न अभ्यास गर्नोस् र अन्ततः यो तपाईंको सामान्य दिनचर्या तालिका बन्नेछ। किनकि कुनै गतिविधि नियमित रुपले गर्दा, २१ दिन भित्र हाम्रो बानी बन्न जान्छ। यो समय राम्रो बानी बिकास गर्न र अनावश्यक डिलेट गर्ने समय हो। यदि तपाईं समयमा सुत्ने र बिहानै उठ्ने बानी बिकास गर्न चाहनुहुन्छ भने तपाईंसित प्रस्सतै समय छ।
अवरोेधलाई बेवास्ता गर्नोस्ः
ठीक छ, व्याकुलता हुन्छ, ध्यान विभाजित हुन्छ र यसलाई रोक्न कठिन छ। एक पटकमा एउटै कार्यमा एक घण्टासम्म पनि केन्द्रित रहन वास्तवमा चुनौतिपूर्ण छ। तर अभ्यासले तपाईंलाई लक्ष्य प्राप्त गर्न मद्दत गर्दछ।
आफूलाई तनावमुक्त र स्वस्थ राख्नोस्ः
यदि तपाईं समय व्यवस्थापनमा नराम्रो हुनुहुन्छ भने, तपाईं मुडता, थकान, तनाव र बारम्बार बिरामीको साथ संघर्ष गर्दै हुन्हुन्छ। तनावबाट बच्न, यो निश्चित गर्नोस् कि तपाईंले एउटा कार्य पूरा गर्नुभयो र अर्कोमा जान तयार हुनुहुन्छ। हामीले गर्न सक्ने चीज केहि व्यायाम गर्नोस् र स्वस्थ खानाका साथै सकारात्मक सोच्नोस्। प्रत्येक चोटि जब तपाईं कसरत गर्नुहुन्छ र मनन गर्नुहुन्छ, तपाईं धेरै स्वस्थ र नयाँ उर्जाले भरिएको महसुस गर्नुहुनेछ। अहिलेको समयमा यी सबै कार्य आफ्नै घर आँगनमा गर्नु बेस होला।
”हुन्न” भन्न सिक्नोस्ः
जबसम्म वास्तवमा महत्वपूर्ण कुरा आउँदैन, त्यसमा समय खर्च गर्नुहुदैन। यसको सट्टामा, महत्वपूर्ण गतिविधिहरुको लागि तपाईंको उर्जा र एकाग्रता बचत गर्नोस्, त्यसबाट तपाईंको समय व्यवस्थापनमा मद्दत पुग्नका साथै तपाईंले आनन्दित पनि महसुस गर्नुहुनेछ। सधै ”हुन्छ” भन्ने मानिस तनावग्रस्त हुनेछ र यसले कसैको लागि राम्रो गर्दैन। तपाईंले अभिभूत महसस गर्नुहुने कामलाई नाइ भन्नु नै ठीक हो।
यथार्थपरक तालिकाहरु बनाउनोस्ः
पूर्णताका लागि प्रयास नगर्नुहोस् किनकि संसारमा कोही पनि सिद्ध छैन। यसको सट्टामा तपाईंको प्रयासहरु उत्कृष्ट हुनमा फोकस गर्नुहोस् र त्यो चिजको चिन्ता नगर्नोस् जुन चीजहरु तपाईं नियन्त्रण गर्न सक्नुहुन्न। सकारात्मक रहनोस्। आफ्नो स्वास्थ्यको ख्याल राख्नोस्, खानपिनको ख्याल, दैनिक व्यायाम, राम्रो सुत्न र सकेसम्म हाँस्ने गर्नोस्।
अन्नतः चाहे तपाईं तपाईंको समय व्यवस्थापन गर्न शुरु गर्दै हुनुहुन्छ अथवा समय व्यवस्थापनका प्रयासलाई उत्कृष्ट बनाउन कोशिश गर्दै हुनुहुन्छ, माथीका बुँदाहरुले तपाईंको लक्ष्य प्राप्तिमा पक्कै मद्दत गर्नेछन्।
उचित योजनाको साथ शुरु गर्नोस्। परिस्थिति अनुसार कार्यहरुलाई व्यवस्थित गर्नुस् र प्राथमिकतामा जानोस्। तपाईंले ८०÷२० नियम प्रयोग गर्न सक्नुहुन्छ। के सबभन्दा महत्वपूर्ण छ, त्यसैमा ध्यान केन्द्रित गर्नोस्। यससँगै यथार्थपरक तालिका बनाउनोस् र अनावश्यक कार्यहरुलाई नाई भन्न सिक्नोस्। साथै, निश्चित गर्नुहोस् कि तपाईंले एक पटकमा एक कार्य गर्नुहुन्छ, बिघ्नबाधाबाट जोगिनोस् र स्वस्थ र तनावमुक्त रहनोस्। हामी सबैलाई यी सबै कुराहरु थाह छ तर पनि हामीलाई उत्प्रेरित गर्ने मान्छे चाहिन्छ।