भारतका राष्ट्रपति, प्रधान मन्त्री, मन्त्री र सांसदले एक वर्षसम्म कम तलब लिने
5
Shares
कोरोना भाइरस ‘कोभिड १९’ को प्रकोप झेलिरहेको समयमा भारतका राष्ट्रपति, प्रधान मंत्री , मन्त्रीहरु तथा सांसदले एक वर्षसम्म कम तलब लिने घोषणा गरेका छन्। उनीहरु एक वर्षसम्म ३० प्रतिशतले तलब कटौती गर्न तयार भएको हिन्दुस्तान टाइम्सले सोमबार उल्लेख गरेको छ।
सोमबार भारतका वातावरण मन्त्री प्रकाश जाभेदेकरले तलब कटौतीको विषयमा पत्रकारलाई जानकारी दिएका थिए। आगामी अप्रिल एक तारिखबाट तलब कटौतीको अवधि लागू हुने बताइएको छ। उक्त कटौती भएको तलब कोरोना भाइरसविरुद्धको अभियानमा खर्च हुनेछ।
भारतमा हालसम्म ४ हजार ३१४ कोरोना संक्रमित पुष्टि भएका छन्। त्यहाँ १ सय १८ को ज्यान गइसकेको छ।