निजी अस्पताल सरकारको नियन्त्रणमा रहने
काठमाडौं, चैत २४ । सरकारले निजी अस्पताललाई आफ्नो नियन्त्रणमा लिएर कोरोना संक्रमितको पहिचान र उपचारमा खटाउने तयारी गरेको छ । सरकारले यससम्बन्धी जानकारी सर्वोच्च अदालतलाई गराएको छ।
निजी अस्पताल कोरोना संक्रमितको उपचारमा विमुख रहेको भन्दै दायर मुद्दामाथि आइतबार भएको सुनुवाइ क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले त्यस्ता अस्पताल र मेडिकल कलेजलाई सरकारले नियन्त्रणमा लिएर संक्रमितको पहिचान र उपचारमा खटाउने तयारी गरिरहेको बताए।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार सरकारले निजी अस्पताल र मेडिकल कलेजलाई नियन्त्रणमा लिएर कोरोना संक्रमितको उपचारमा खटाउने तयारी गरेको छ।
याधीशद्वय हरिकृष्ण कार्की र डा। आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा देवकोटाले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले यस्तो योजना बनाएको खुलास गरेका हुन्।। ‘सबै अस्पतालको ओनरसिप अब राज्यले लिन्छ। सबै अस्पतालको बेड तथा मेडिकल कलेज राज्यको नियन्त्रणमा सञ्चालन गरिनेछ,’ इजलाससमक्ष देवकोटाले भने। उनले सरकारले कहिलेसम्म निजी अस्पतालमाथि नियन्त्रण कायम राख्ने भन्ने विषयमा भने स्पष्ट नपारेको आजको नागरिक दैनिकमा खवर छ।