संकटको समयमा बिरामीलाई रिसिभ गर्ने जिम्मा नेपाली सेनालाई
0
Shares
काठमाडौँ- कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिको बैठकले बर्तमान संकटको समयमा बिरामीलाई रिसिभ गर्ने जिम्मा नेपाली सेनालाई दिने भएको छ।
समितिको बैठकले आइतबार संकटको अवस्थामा बिरामी रिसिभ गर्ने टिम सेनाको जिम्मा लगाउने निर्णय गरेको हो।
बैठकले क्वारेन्टाइनमा राखी १४ दिन बिताएपछि स्वाब परीक्षण गरी त्यो नेगेटिभ आएपछिमात्र घर जान दिने निर्णय पनि गरेको छ। मुलुकभरका सबै क्वारेन्टाइनहरुले यसको पालना गर्नुपर्ने पनि बैठकपछि मन्त्रिपरिषद्का सचिचव नारायणप्रसाद बिडारीले सञ्चारकर्मीहरुलाई बताए।