नेपाल र भारत दुवै देशमा लकडाउन चलिरहेको अवस्थामा खेतबारी र खोला खोल्सा हुँदै नेपाल प्रवेश गर्नेहरू बढे
चैत २३ गते । नेपाल र भारत दुवै देशमा लकडाउन चलिरहेको अवस्थामा खेतबारी र खोला खोल्सा हुँदै नेपाल प्रवेश गर्नेहरू बढेका छन् । मुख्य नाकाहरूमा दुवै देशका सुरक्षाकर्मी खटिएर ओहोरदोहोर ठप्प पारे पनि चोर बाटो हुँदै भारतबाट नेपाल आउनेहरू बढेका हुन् । भारतका विभिन्न स्थानमा मजदुरी गर्न गएका मजदुरहरू पर्सा , बारा , रौतहट सर्लाही र महोत्तरीको सीमामा पर्ने हर्दी खोला हुँदै नेपाल प्रवेश गरिरहेका स्थानीय बासिन्दाले बताएका छन् ।
यस्तै केही मानिस सीमा क्षेत्रको उखु र गहुँ खेतबाट जिल्ला प्रवेश गरिरहेका पाइएको छ । कोरोना भाइरस (कोभिड(१९) को सङ्क्रमण बढिरहेको अवस्थामा भारतका विभिन्न स्थानबाट लुकिछिपी गाउँ आइरहेकाले गर्दा जोखिम बढेको पर्सा गाउँपालिका(२, सङ्ग्रामपुरका युवा सतेन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसरी लुकिछिपी आएकाहरू क्वारेन्टाइनमा नबसेर खुलेयाम हिँड्डुल गरिरहेका छन् । विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल रायले खेतबारीबाट लुकेर गाउँ प्रवेश गरेका र लकडाउन हुनुभन्दा दुई÷चार दिनअघि गाउँ आएकामाथि निगरानी गरिरहेको बताउनु भएको छ ।
तराईमा अधिकांस खुला सीमा नाका पर्छ । ती नाकाबाट मानिस प्रवेश गर्न नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भइरहेका छन् । सीमामा सशस्त्र प्रहरीले धेरै स्थानमा डिउटी खटाएको छ भने मोटरसाइकल र गाडीबाट २४ सै घण्टा गस्ती गरिरहेको जनाएको छ ।