लकडाउन : आउने वर्षको शुरुवातमै बेबी बुम देख्न सकिने अनुमान
काठमाडौं । सारा विश्व भर कोरोनाले मानिसहरु त्राहि-त्राहि भएपछि अधिकांश देशहरुले पूरा देश लकडाउन गरेका छन् । सरकारले सबैसँग सोसल डिस्टेन्सिङ पालना गर्न अपील समेत गरेको छ ।
साथै घरबाट बाहिर ननिस्कन पनि आग्रह गरेको छ । अब यो लकडाउन कोरोना भाइरसलाई रोक्न कति सफल हुन्छ ? यो कुरा त भविष्यको गर्भमै लुकेको छ । तर यसबेला एउटा फरक अनुमान लगाउन थालिएको छ ।
यसबेला अब आउने वर्षको शुरुवातमै बेबी बुम देख्न सकिने अनुमान गर्न थालिएको छ । अर्थात् जन्मिनेवाला बच्चाको संख्या अत्याधिक हुनेछ ।
घरमा बन्द छन् विवाहित जोडी
लकडाउन भएपछि विवाहित जोडीहरु घरमा कैद बनेर बसेका छन्। र उनीहरु फुर्सदिला पनि बनेका छन् ।
लकडाउनले कार्यलयहरु बन्द हुँदा विवाहित जोडीहरु घरमै खाने र बस्ने गरेका छन् । हार्ले थेरापीका क्लीनिकल निर्देशक डा. शेरी ज्याकबसनले आफ्नो रिसर्चमा भनेका छन्, अब आउने वर्षको शुरुवातमै बेबी बुम (Baby Boom Due To Lockdown) आउनेछ ।
डा. शेरीले भनेका छन् कि, यो अध्ययन मात्र ब्रिटेनमा भएको हो, तर यो कुरा लकडाउन भएका अधिकांश देशमा लागू हुनेछ ।
रिसर्चका अनुसार घरमा बसिरहनु पर्दा मानिसहरु बोर हुन थालेका छन्, यस्तो अवस्थामा तनाव भगाउनको लागि उनीहरुले शारीरिक सम्बन्धमा जोड दिने गर्दछन्, यहि कारणले गर्दा यस वर्षको अन्तिम र नयाँ वर्षको शुरुमा बेबी बुमको अत्याधिक धेरै जन्मिने सम्भावना रहेको छ ।
डा. शेरीले भने, ‘लकडाउनले गर्दा गर्भनिरोधक वा अस्थायी साधन बनाउने कम्पनीहरु बन्द छन्, यसै कारणले गर्दा बजारमा स्टक अस्थायी साधनहरु सकिसकेका छन्, यस्तो अवस्थामा बेबी बुम नयाँ वर्षको शुरुवातमा फूल जसरी देख्न मिल्ने छन् ।’
नेपालमा पनि हुन सक्छन् ‘बेबी बुम’
कोरोना भाइरसले महामारीको रुप लिएपछि नेपालमा पनि लकडाउन गरिएको छ । कोरोनाबाट बच्नको लागि भन्दै नेपाल सरकारले पनि चैत्र ११ गतेदेखि पहिलो चरणमा चैत्र १८ सम्म र दोश्रो चरणमा १८ देखि थपेर २५ गते बेलुका ८ सम्मका लागि थप गरेको छ । र नेपाल सरकारले जारी लकडाउनमा थप कडाइ गर्ने निर्णय समेत गरेको छ ।
२५ गतेसम्म घरबाट ननिस्किन सरकारले सबैमा अनुरोध गरेको छ । यसका साथै कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गर्न आदेश दिएका छन् । यस्तो अवस्थामा नेपालमा पनि यो अवस्था नआउला भन्न सकिन्न ।