मुस्लिम समुदायको तब्लीगी जमातमा सहभागी भएर फर्किँदै गरेका ९ जना बारा को कलैया अस्पतालको क्वारेनटाइनमा
![](https://themirrorofsociety.com/wp-content/uploads/2020/03/corentin.jpeg)
बारा – भारतमा भएको मुस्लिम समुदायको तब्लीगी जमातमा सहभागी भएर फर्किँदै गरेका ९ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरी क्वारेनटाइनमा पठाएको छ ।
भारतको घोडासाहन नाकाबाट खेतको आली हुँदै लुकेर आउँदै गरेका सप्तरीका नौ जनालाई पक्राउ गरी कलैया अस्पतालको क्वारेनटाइनमा राखिएको प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले बताउनुभयो । सप्तरीको महादेवाका दुई जना, कञ्चनस्वरुपका तीन जना र कृष्ण सरोवरका चार जना गरी ९ जनालाई नियन्त्रणमा लिएर क्वारेनटाइनमा राखिएको प्रहरीले जनाएको छ ।
उनीहरू गएको ४० दिनदेखि भारतको विभिन्न ठाउँमा भएको धार्मिक सभामा सहभागी भएर लकडाउनको समयमा लुकेर नेपाल फर्किंदै थिए ।
यस सँगै बारामा ७३ जनालाई क्वरेण्टीनमा राखिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । यसरी लुकी छिपी नेपाल प्रवेशले कोरोना को त्रास झन थपिएको छ । यसरी अबैध रुपमा भारतको मुम्बईबाट फर्किएका नेपाल प्रवेश गरका कैलालीका २१ वर्षीय पुरूषलाई कोरोना भाइरस देखिएको छ भने यंहा चुनौती पनि थपिदै छ ।