अब लकडाउन बढ्छ कि बढ्दैन ? आज मन्त्रिपरिषद् बैठक बस्दै
5
Shares
काठमाडौं । आज शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकमा मुलुकभर लगाइएको लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्ने एजेन्डा तय भएको छ ।
सरकारले २५ चैतसम्म लकडाउन घोषणा गरेको छ । कोरोना भाइरस संक्रिमत व्यक्ति नेपालमा पनि दिन प्रतिदिन थपिदै गएको अवस्थामा यसलाई निरन्तरता दिने या नदिने बारेमा पनि मन्त्रिपरिषदमा छलफल हुने भएको छ ।
स्वास्थ्य सामाग्री खरिदको विषय केही दी यता पूरै विवादित बनेको छ । यो सम्बन्धमा पनि आजको बैठकमा छलफल हुनेछ । अन्य नियमित एजेण्डामाथि छलफल गरिने बताइएको छ ।