नेपालभित्रै पहिलोपटक कोरोना संक्रमित भेटियोे, संक्रमितको संख्या ९ पुग्यो
काठमाडौं । नेपालमा नै बस्दै आएका व्यक्तिमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि विदेशबाट आएका व्यक्तिमा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमै कोरोना संक्रमण पुष्टि भएकी ती महिला पहिलो व्यक्ति हुन् ।
धनगढीकी ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । ती ३४ वर्षीया महिलालाई नातामा देवर पर्नेले कोरोना भाइरस सारेका हुन् । उनका देवरमा कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । देवरलाई संक्रमण पुष्टि भएपछि परिवारका १० जना क्वारेन्टाइनमा बस्दै आएका थिए ।
केही दिनअघिसम्म ६ जनामा पुष्टि भएकोमा आज एकै दिन थप तीन जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो पटक मुम्बईबाट फर्केका धनगढीका २१ वर्षीय एक जना पुरुष, भारत उत्तराखण्डबाट फर्केका ४१ वर्षीय पुरुष र धनगढीमा बस्दै आएकी ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अझ सचेतना अपनाइएन भने स्थिति भयावह हुने सर्व साधारण को धारणा रहेको छ । खुल्ला सिमाना को कारण हरेक दिन भारत बाट अहिले पनि कोही न कोही नेपाल पसे कै कारण नेपाल का मानिस लाई चुनौती प्रत्येक दिन थपिदै गएको देखिन छ ।