देशमा अहिले कोरोना भन्दा भ्रष्टाचार नामक भाइरसको बढ़ी संत्रास : रमेश खरेल
रेडियो बिंदास ९४.८ मेगाहर्ज को साप्ताहिक प्रस्तुति कार्यक्रम फोकस मा ‘हाम्रो नेपाल सुशासन अभियान’ का संयोजक रमेश खरेल ले कुरा गर्दै देशमा अहिले कोरोना भन्दा भ्रष्टाचार नामक भाइरसको बढ़ी संत्रास रहेको बताउनु भएको छ । स्वदेशको भोकमरी छल्न विदेशमा रोजगारीका लागि गएका युवा सिमनमा दुख मा रहेको सुन्दा आफू मर्महीत भएको उनेले बताए । अनायासै गुमेको नोकरी र अप्रत्यासित लकडाउन (बन्दाबन्दी) पछि मरिने वा बाचिने दोसाधमा उनी अनेक दुख कष्ट सहदै नेपाल भारत सीमा मा अलपत्र पर्दा देशका सरकारले उनीहरुलाई उचित संरक्षण गर्नु पर्ने उनले आफ्नो धारणा राखे ।
वेचैनी र विचल्लीमा परेका हजारौं नेपाली तन्नेरीमध्येका उनी एक प्रतिनिधि पात्र हुन्। जसको पसिनाको कमाइलाई यस मुलुकले ‘रेमिट्यान्स’ भन्दै कूल ग्राहस्थ उत्पादनमा दर्ज गर्छ। तर, ती योगदानकर्ता स्वयं जब विदेशी भूमिमा बिखलबन्दमा पर्छन्, स्वदेशको ढोका उनीहरूका लागि बन्द हुन्छ। हो, कोरोना संक्रामक रोग हो र यसै जो कोहीलाई निर्वाध प्रवेश दिइन सकिन्न। तर कुनै व्यक्ति कोरोना संक्रमित छ-छैन भन्ने परिक्षणका पनि त विधि छन् नि! शंका लागेका त्यस्ता व्यक्तिलाई क्वारेन्टिनमा राख्न उनले सरकार र संबन्धित निकाय लाई सुझाव दिएका छन ।
देशमा कोरोना संक्रमन नियंत्रण को लागि अति आवश्यक बस्तु किनदा पनि भ्रष्टाचार गर्न पछि न पर्ने जस्ता हरकत गरेर देश संग गादारी गर्ने लाई आउने दिनमा जनताले माफ न गर्ने कुरा पनि प्रष्ट पारे । कोरोना भइरस भन्दा समाजका भ्रष्टाचारी र समाज बाट भ्रष्टाचार समाप्त पार्न हरेक नेपालीलाई आवाज उठाऊन आग्रह गर्नु भयो ।
नेपाल सरकार जे कुरा कागज़मा मात्र पूरा गर्न सक्षम रहे त पनि जनता र सरकारको जनताप्रतिको उत्तरदायिता मा उनी संसकित रहेको देखियो । उनी र उनका ‘हाम्रो नेपाल सुशासन अभियान’ परिषद मा रहेका देवेंद्र प्रसाद सिटौला सरकार को कोरोना राहत कोषको साटो आफ्नो आधी महिनाको पेन्सन तलब स्वतंत्र रुपमा आम नेपाली माझ दिने कुरा पनि प्रष्ट पारे।