आफ्नो नगरबासी र वडा अध्यक्ष प्रति गैर ज़िम्मेवार बन्दै मौलापुर नगरपालिकामा
रौतहट जिल्लाको मौलापुर नगरपालिकाको वडा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बिच आरोप प्रत्यारोप सुरू भएको छ । मौलापुर नगरपालिका मा मेयर र प्रशासकीय अधिकृत बाहेक कसैले केही भन्ने र गर्ने अवस्था न रहेको स्वयम वडा अध्यक्ष हरु नै स्वीकार गरेका छन । अहिले प्रदेश न २ सरकारले नै हरेक नगरपालिका लाई कोरोना पीड़ित र अति बिपन्न को लागि राहत रकम उपलब्ध गराए पनि रकम नगरपालिका मा पुगेको छैन ।
मौलापुर नगरपालिका मा औषधि छर्ने काममा पनि घोटाला नै भएको आरोप पनि लागेको छ । जनताको पैसा जनता कै लागि खर्च गर्न न सक्ने नगरपालिका कलाकार को नाम मा आफ्नो स्वार्थकों काममा लाखौ खर्च गर्न सक्ने अहिले नगरपालिका भित्र नै आवाज उठान थालेका छन । कोरोना पीड़ित को राहतको लागि हरेक वडा अध्यक्षले आ आफ्नै तरीकाले रकम बाड्ने कुरा गर्दा मौलापुर नगरपालिका मा यो विबाद देखिएको छ । अति बिपन्न र गरीबको लागि मात्र राहत उपलब्ध गराउन सरकारले निर्देशन दिए पनि अधिकांस स्थानीय सरकार आफ्नो मान्छे लाई मात्र राहत उपलब्ध गराएको देखिएको छ । राहत कै रकम र बिषयलाइ लिएर धेरै ठाउमा अहिले दिनहु झै झगड़ा पनि हुदै आएको छ ।