भारतमा पुच्छरसहितको एक शिशुको जन्म पछि हेर्ने को भीड़
काठमाडौं । भारतमा पुच्छरसहितको एक शिशुको जन्म भएको छ । भारतको राज्य उत्तर प्रदेशको नोयडास्थित एक अस्पतालमा पुच्छरसहितको शिशुको जन्म भएपछि हेर्ने मानिसको भीड लागेको छ ।
जन्मदाँ बच्चको पिठ्युँको तल्लो भागमा पुच्छर जस्तो मासुको एक भाग निस्केको थियो । अस्पतालका चिकित्सक तथा नर्सका साथ साथै आमाबुवा र परिवारका मानिस पनि यो देखेर छक्क परेका थिए । पुच्छरका साथ बच्चाहरू जन्मेको घटना जम्मा १ प्रतिशत देख्न पाइने उक्त अस्पतालका चिकित्सक डा अनुराग भार्गवले बताएका छन् । कन्जेनाइटल एब्नर्मालिटीका कारण बच्चामा पुछार हुने उनको भनाइ छ । जन्मेको बच्चा पूर्ण रूपमा स्वस्थ रहेको र आमाको दूध मज्जाले पिइरहेको चिकित्सकले बताएका छन् ।
पुच्छरले बच्चालाई कुनै पनि प्रकारको स्वास्थ्यमा खतरा नगर्ने र बच्चालाई पछि शल्यक्रिया गरेर अतिरिक्त मासुको टुक्रा हटाउन मिल्ने डाक्टरले जनाएका छन् । पुच्छरले बच्चाको जीवनमा कुनै प्रभाव नपर्नेसमेत उनले थपे ।अस्पतालका कर्मचारी तथा त्यस ठाउँका अन्य मानिसहरु बच्चा हेर्नका लागि आउन थालेपछि चिकित्सकहरूले बच्चा स्वास्थ्य भएका कारण पनि बच्चासहित माता–पितालाई घर पठाएका छन् ।
एजेन्सी