प्रदेश २ मा नीति निर्माण गर्ने जिम्मा महामारी नियन्त्रण विज्ञहरुलाई
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना महामारी नियन्त्रण निर्देशक समितिले महामारी नियन्त्रणका लागि आवश्यक नीति निर्माण गर्ने जिम्मा सम्बन्धित विज्ञहरुलाई दिएको छ ।
निर्देशक समितिले हिजो मात्र गठन गरेको स्वास्थ्य सल्लाहकार समितिसंगको बैठकमा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणको लागि सरकारले गर्नु पर्ने कार्यहरुको तथ्यगत सूचि सहितको नीति निर्माण गर्ने जिम्मेवारी दिएको छ ।
उहाँले सल्लाहकार समितिलाई सम्बन्धित विज्ञहरुसंगको सल्लाहमा नीति बनाएर प्रदेश सरकारलाई यथाशिघ्र उपलब्ध गराउन आग्रह गर्नु भएको हो । प्रदेश सरकारले कारोना नियन्त्रणका लागि भाषणवाजी मात्रै गरिरहेको आरोप लागि रहेको बेला मुख्यमन्त्री सक्रिय भएका छन ।
बैठकमा मुख्यमन्त्रीको नेतृत्वमा रहेको निर्देशक समिति, प्रमुख सचिवको नेतृत्वमा रहेको कार्यकारी समिति र स्वास्थ्य सल्लाहकार समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
सल्लाहकार समितिमा डा. राम केवल साह, डा. सुरेन्द्र यादव, डा. प्रविण मिश्र, डा.काशिकान्त झा, डा. विजय कुमार सिंह, डा. गरिब दास ठाकृुर, डा. जेके लाल रहनु भएको छ । सल्लाहकार समितिले आजै बाट कार्य प्रारम्भ गरेर यथाशिघ्र आफ्ना सुझावहरु सरकारलाई बुझाउने डा. राम केवल साहले बताए । जनकपुरधाममा कोरोनाका लागि टेष्ट शुरु गरिएको छ भने प्रदेशभरी सक्रियता अपनाइएको छ । क्वारानटाइनको अवस्थामा समेत सुधारको मांगहरु उठन थालिएको छ ।