गण्डकी प्रदेश सरकारको वेवसाइटमा कोरोना संक्रमितकाे संख्या ७ नै कायम
गण्डकी प्रदेश सरकारले नेपालमा कोरोना संक्रतिको संख्या ७ पुगेको तथ्यांक सार्वजनिक गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आधिकारीक वेवसाइटमा कोरोना संक्रमित सात जना पुगेको तथ्यांक राखेको हो ।
तर संघीय सरकारले भने नेपालमा कोरोना संक्रमण भेटिएका जम्मा ६ जना मात्र भएको जनाएको छ ।
शुरुबार दिउँसो कास्कीमा एकजनाको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ भेटिएको भन्ने समाचार आएपछि संघीय स्वास्थ्य मन्त्रालयले उक्त समाचार गलत भएको बताएको थियो ।
स्वास्थ्य मन्त्रालयले कास्कीमा पाेजेटिभ केश नभेटिएकाे भनेपनि प्रदेश सरकारले बेलुका सवा पाँच बजेसम्म उक्त तथ्यांक अद्यावधिक गरेकाे छैन ।
यसले गर्दा सबैकाे चाँसाेकाे विषय रहेकाे काेराेना संक्रमणबारे भ्रममा परिएकाे नेपालीहरूकाे गुनासाे छ ।