भोर द्वारा कोरोना निवारणमा उल्लेखनीय योगदान गर्ने रियल हिरोहरुलाई महानायक सम्मान प्रदान गर्ने घोषणा
महानायक सम्मानः भोरले कोरोना महासंकट निवारणमा उल्लेखनीय योगदान गर्ने रियल हिरोहरुलाई महानायक सम्मान प्रदान गर्ने घोषणा कोरोना विश्वव्यापी महामारीबाट नेपाली दाजुभाई दिदीबहिनीलाई बचाउने परमार्थमा उल्लेखनीय योगदान गर्ने रियल हिरोहरुलाई वहांहरुको साहस, समपर्ण, त्याग र सेवा भावको कदर स्वरुप महानायक सम्मानबाट कदर गरिने भएको छ ।
भोरको नेतृत्वदायी पहलमा यो महानायक सम्मान प्रदान गरिनेछ । कोरोनाको कहर अन्त्य पछि उक्त महानायक सम्मान प्रदान गरिनेछ । यस महानायक सम्मान तल प्रस्तावित विधाहरुमा प्रदान गरिनेछ ।
१. स्थानीय सरकार – सात (प्रत्येक प्रदेशबाट एक) २. प्रदेश सरकार – एक ३. संघीय मन्त्रालय – एक ४. डाक्टर – सात (प्रत्येक प्रदेशबाट एक) ५. नर्स – सात (प्रत्येक प्रदेशबाट एक) ६. प्यारामेडिक्स – सात (प्रत्येक प्रदेशबाट एक) ७. डायगोनोष्टिक – सात (प्रत्येक प्रदेशबाट एक) ८. जनस्वास्थ्यकर्मी – सात (प्रत्येक प्रदेशबाट एक) ९. क्वारेन्टाइन व्यवस्थापन ( सात (प्रत्येक प्रदेशबाट एक) १०. प्रयोगशाला व्यवस्थापन – सात (प्रत्येक प्रदेशबाट एक) ११. आइसोलेसन व्यवस्थापन – सात (प्रत्येक प्रदेशबाट एक) १२. कन्टायक्ट ट्ेसिङ्ग व्यवस्थापन – सात (प्रत्येक प्रदेशबाट एक) १३. एमबुलेन्स चालक ( सात (प्रत्येक प्रदेशबाट एक) १४. प्रमुख जिल्ला अधिकारी – सात (प्रत्येक प्रदेशबाट एक) १५. अभियन्ता – सात (प्रत्येक प्रदेशबाट एक) १६. उद्धारकर्ता – सात (प्रत्येक प्रदेशबाट एक) १७. नेपाल प्रहरी – सात (प्रत्येक प्रदेशबाट एक) १८. ससस्त्र प्रहरी – सात (प्रत्येक प्रदेशबाट एक) १९. नेपाली सेना – सात (प्रत्येक प्रदेशबाट एक) २०. सरकारी अस्पताल – सात (प्रत्येक प्रदेशबाट एक) २१. नीजि अस्पताल – सात (प्रत्येक प्रदेशबाट एक) २२. संचारकर्मी – सात (प्रत्येक प्रदेशबाट एक) २३. दानवीर – सात (प्रत्येक प्रदेशबाट एक) २४. एनआरएन – सात (प्रत्येक प्रदेशबाट एक) २५. सिनेकर्मी – सात (प्रत्येक प्रदेशबाट एक) २६. सचेतना सामाग्री प्याकेज – सात (प्रत्येक प्रदेशबाट एक) २७. सरसफाई कर्मचारी – सात (प्रत्येक प्रदेशबाट एक) २८. राष्ट्रिय गैरसरकारी संस्था – सात (प्रत्येक प्रदेशबाट एक) २९. अन्तरराष्ट्रिय गैर सरकारी संस्था – सात (प्रत्येक प्रदेशबाट एक) ३०. साझेदार निकाय (इडिपी)– सात (प्रत्येक प्रदेशबाट एक) ३१. क्यारेन्टाइनको लागि आबास उपलब्ध गराउने व्यक्तिरसंस्था – सात (प्रत्येक प्रदेशबाट एक)
कोरोनाका विश्वव्यापी महामारीबाट नेपाल मुक्त भए पश्चात एउटा उचित प्रक्रियाबाट माथि उल्लेख महानायकहरुको खोजि गरी वहांहरुको उल्लेख्य योगदानको कदर स्वरुप भव्य समारोह बिच महानायक सम्मान प्रदान गर्ने भोरले निर्णय गरेको छ । यस कोरोना महासंकटका सारथीहरु जसले लकडाउनको समयमा आफुलाई र आफनो परिवारलाई मात्र सुरक्षित राखेनन्, देश, समाज, सम्पुण नेपाली र मानवजातीको कोरोनाको महामारीबाट बचाउन अहम, उल्लेख्य, साहसी र उदाहरणीय परमार्थको कार्य गरे, वहांहरु सम्मान गरिने भोरका संस्थापक राज कुमार महतोले जानकारी दिए । अहिले कोरोना विश्वव्यापी महामारी भएकै बेला यसको उदघोष गर्नुको उचित कारणबारे प्रष्ट पार्दै महतोले भने यस महानायक सम्मानको घोषणाले यस महासंकट सित लडनको निम्ति थोरै भए पनि हौसला, उत्प्रेरणा र उर्जा प्रदान गर्नेछ जसले कोरोना विरुद्धको लडाईमा थोरै भए पनि थप योगदान गर्नेछ भन्ने उनको विश्वास रहेको छ ।