कोरोनाका कारण बिश्व का ४ अर्ब मानिस लकडाउनमा
0
Shares
कोरोनाभाइरसको सामना गर्नका लागि विश्वको कुल जनसंख्याको आधा अर्थात् ३.९ अर्ब मानिस अहिले लकडाउन पालना गरेर घरैमा बसिरहेका छन् ।
लकडाउन अनिवार्य र स्वैच्छिक दुवै किसिमका छन् र अहिले ९० देश तथा भूभागमा लकडाउन लगाइएको छ ।
थाइल्यान्डमा शुक्रवारदेखि लागू हुने गरी कर्फ्यु लगाइएको छ ।
युरोपमा बेलायत, फ्रान्स, इटली र स्पेनमा नियन्त्रण लगाइएको छ । एसियामा भारत, नेपाल र श्रीलंका लगाउतका देशमा लकडाउन छ ।
अमेरिकाका धेरै भागमा कुनै न कुनै किसिमको लकडाउन छ र अलि अलगथलग रहेको न्युजील्यान्डमा समेत लकडाउन लगाइएको छ ।
अफ्रिकामा अन्तभन्दा अलि पछि कोभिड–१९ आएको भए पनि मोरक्कोदेखि दक्षिण अफ्रिकासम्मका मुलुकले लकडाउन लगाउन थालेका छन् ।