भारतमा कोरोनाका कारण एकैदिन १४ जनाको मृत्यु
0
Shares
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । हालसम्म भारतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।
भने कोरोना संक्रमितको संख्या २ हजार ५ सय ४३ पुगेको छ । त्यस्तै १ सय १९ कोरोना संक्रमित निको भएका छन् । भारतमा कोरोना संक्रमणबाट बिहिबार मात्रै १४ जनाको मृत्यु भएको हो ।