लक डाउन मा कविता ” जय खुशियाली”
छटपट भो , यो जुनीमा आउने हो कि होइन खुशियाली ?
अलमल भो , यो सानो थैलोमा अटाएर थाली का थाली |
हडबड भो , कसैले भन्देउ छरितो बाटो पुग्न सुनखानी ||
भटभट भो , दिनरातको कमाइ अन्जुली भर अन्नबाली |
चंचल हो , पांग्रे छ धन , बल ,रौब, ख्याती र खानी |
झन्झट हो , बिनासितिमा शत्रु र रोगले च्याप्छ घाटी ||
गद्गद् तब पो , किन्न पाए परिवार , प्रियसी र साथी |
छट्पट भो , के बजारमा साटिन्छ मोतिसित खुशहाली ?
ढकमक्क भो, बैश , फोकटियाका हेराई, बोलाईमा मौन जाती |
धकधक भो, मुट्टू , ससुरा बा को शानको भारी यो काँध माथी ||
अच्चम भो , काली गोरी , अग्ली होचिका , संसारभरी उही कहानी ||
छट्पट भो , के साच्चिकै स्त्री जातीले अंगाल्न पाउन्न खुशियाली |
बकबक हो , नारि पिडा , जोरजाम गर्दागर्दै यँहा तालु हुने भो खाली |
प्याकप्याक भो, मन, किन कुटिल अनुमित गरेर डराउछिन चेली नानी |
पलपल जो , ब्यक्ति, हर परिस्थितिमा निर्वाह गर्छ सामाजिक जिम्मेवारी |
छट्पट भो , पुरुषप्रधान देशमा पनि पुरुषले किन पाएन त् खुशियाली ?
पखपख , आनन्द मिल्छ , क्रोध ,रोग , कामना , वासना पारी |
गरगर दान धर्म , सत्कर्म , सहयोग , बोलबोल मधुर वाणी ||
मगमग छ माया ममता , करुणा र मुस्कानले खुशियाली |
बसबस , ध्यानमा , धारणा सप्रे नाच गाउ मनाऊ खुशियाली ||
२०७६ / १२ / २०
रितु गूप्ता