लकडाउनको समयमा पनि आवतजावत रोकिएन शहर भन्दा गाउँ असुरक्षित बन्दै
लकडाउनको समयमा जिल्ला बाहिरबाट मानिस आवतजावतमा पूर्णरुपमा प्रतिबन्ध लगाउनुपर्ने नेपाल वार एशोसिएसनका जिल्ला अध्यक्ष भीमबहादुर सिंहको भनाइ रहेको छ । उनले भने, ‘लकडाउनको समयमा मान्छे ओसार्दा पनि प्रहरी प्रशासन मुक दर्शक भएका छन् । नेताहरुले मान्छे ओसार्ने कामलाई बहादुरी सम्झेका छन् । जिल्ला बाहिरबाटै आएका मानिसबाट संक्रमण फैलने खतरा छ । आवतजावत नरोकिए के को लकडाउन ?’
लकडाउनको अवधिमा पास लिएर गाडी रिजर्भ गरेर पाँच सय मानिस जिल्ला भित्रिसकेका छन् । शहरी क्षेत्रबाट मात्र होइन विदेशबाट समेत मानिस आएका छन् । अहिले दैनिक हरेक गाउँमा कोही न कोही आएकै छन । यसले आफूलाई सुरक्षित ठानेका मा पनि महामारी को बिऊ कुन बेला रोपीने हो थाहा छैन । अहिले धेरैले पैदल यात्रा द्वारा नै आफ्नो गंतब्यमा हिडेको दृश्य हरेक गाउँ को बाटो मा सहजै देखिन सक्छ ।
देशभित्रकै विभिन्न सहरबाट जिल्ला भित्रनेको तथ्यांक प्रहरीले राखेको छैन । त्यसरी जिल्ला भित्रिएकालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । तर उनीहरुले होम क्वारेन्टाइनमा बस्ने नियम पालना गरेका छैनन् ।