वीरगन्ज रक्सौल नाकामा नेपालबाट घर फर्किन लागेका करिब एक हजारभन्दा बढी भारतीय नागरिक रोकिए
0
Shares
वीरगन्ज रक्सौल नाकामा नेपालबाट घर फर्किन लागेका करिब एक हजारभन्दा बढी भारतीय नागरिकहरु रोकिएर अलपत्र परेका छन् । नेपालका विभिन्न स्थानबाट बसमा सवार भइ वीरगन्ज आएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले भारत प्रवेश गर्न नदिएका कारण नाकामा रहेको मितेरी पुलमै आइतवार मध्यरातदेखि रोकिएका हुन् । नेपाल र भारत दुवै देशमा लकडाउन भएकाले नाका आसपासमा किराना पसल पनि बन्दका कारण रातीदेखि भोकभोकै बसेको उनीहरुले बताएका छन्।
यो समस्या समाधान को लागि नेपाल भारत दुबै देशका संबन्धित निकाय ले यथा सिघ्र छलफल गर्नु पर्ने देखिएको छ ।