सरकारले ल्यायो लाइसेन्समा नयाँ नियम, यस्तो छ निर्णय
5
Shares
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले चालक अनुमति पत्रमा त्यस्तो निर्णय गरेको हो ।
सरकारले यातायात तथा सवारी चालक अनुमति पत्र नविकरण, प्रदुषण, रोडप्रमिट नविकरणलाई पनि २०७७ वैशाखसम्म कायम गरेको छ । यसमा लाग्ने जरिवाना छुट गरिएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए ।
सरकारले कम्पनी रजिष्टारको कार्यालयमा कम्पनीले बुझाउनुपर्ने विवरण र प्रतिवेदन बुझाउने म्याद २०७७ वैशाखसम्म कायम गरेको छ । सम्पूर्ण निजी क्षेत्रका संस्थाको नविकरणका लागि पनि वैशाखसम्म जरिवाना नलाग्ने गरी व्यवस्था समेत मिलाएको अर्थमन्त्रीले बताए ।