बलात्कार का घटना बढ्दै , पीड़ित झन पीड़क बन्दै
रौतहट । रौतहटमा एक हप्ताको अबधिमा ८ बर्षिय बालिका बलात्कारको शिकार भएका छन । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने उदेश्यले राज्यले लकडाउन गरेको अबस्थामा रौतहटको कटहरिया ६ बगहीमा १७ बर्षिया बालिका बलात्कृत भएको दुईदिन नबित्दै जिल्लाको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकामा अर्की ८ बर्षिया बलात्कार भएकी हुन ।
फतुवा बिजयपुर नगरपालिका वडा ५ फतुवा गाँउका प्रताप पासवानका १८ बर्षिय छोरा नवल पाश्वानले आफनो छिमेककी ८ बर्षिया नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
शनिवार राती घर बाट नजिकैको किराना पसलका खाने तेल किन्न गईरहेकी नाबालिकालाई अभियुक्त पासवानले समातेर नजीकैको गलीमा लगेर जबरदस्ती करणी गरेका थिए । सो क्रममा पिडित बालिका रोए कराएपछी सुुनेर स्थानियले पाश्वानलाई पक्राउगरी प्रहरीमा खबर गरेका थिए । खबर लगतै ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख प्रहरी निरिक्षक चन्द्रकिसोर साहको कमाण्डमा गएको टोलीले आरोपी पाश्वानलाई नियन्त्रणमा लिएको थियो । घटनाबारे प्रहरी निरिक्षक साहले आज सोमवार सार्वजनिक गरेका छन ।आरोपी नवल पाशवानमाथी बालयौन दुराचार संबन्धी मुद्धा गर्दागरी अदालत बाट आदेश लिएर अनुसंधान प्रकृया अगाडी बढाईएको प्रहरी निरिक्षक साहले बताएका छन । पिडित नाबालिका र पिडकको प्राथमिक स्वास्थ केन्द्र चन्द्रपुरमा स्वास्थ परिक्षण भईसकेको ईलाका प्रहरी कार्यालय बिजयपुरले जनाएको छ ।
यता गत चैत्र १३ गते कटहरिया नगरपालिका वडा ७ बगहीगाँउस्थित एक जना १७ वर्षीय किशोरीलाई २८ वर्षीय भाग्यनारायण साहलले बलात्कार गरेको आरोप छ । साहले दुईदिन अघिमात्र एकजना छिमेकीको छोरीलाई केही काम छ भनी आफनो घरमा बोलाएका थिए । घरका महिला र अन्य सदस्य खेतमा काम गर्न गएको मौका छोपी साहले दिउसै ढोका थुनेर बलात्कार गरेका थिए । बलात्कार गरेको भिडिओ बनाएर घटनाबारे कसैलाई भनेमा भिडिओ सामाजिक संजालमा राखिदिने भन्दै साहले पटक पटक धम्की दिँदै आएका थिए । पीडितले घटनाबारे बाबु आमालाई बताएपछि घटना बाहिर आएको थियो ।ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले साहमाथि जबरजस्तीकरणी मुद्दा दर्ता भएको र भिडिओ बारे थप अनुसंधान भइरहेको बताए ।