गाँजा किन्न गएका ग्राहकलाई हरियो साग दिएपछि पुलिसमा उजुरी, किन भएन कारवाही ? काठमाडाैं | बैशाख
0
Shares
बैसाख ३ काठमाण्डौं ___ गाँजा किन्न गएका ग्राहकलाई पसलेले हरियो साग दिएर पठाएपछि प्रहरीमा उजुरी पुगेको छ । इन्डोनेसियाको घटनामा प्रहरी नै आश्चर्यचकित भएको छ । स्थानीय एक व्यक्तिले पसलमा गाँजा मागे पनि पसलेले कागजभित्र बेरेर हरियो साग दिएका थिए । घरमा गएर हेर्दा हरियो साग भेटिएको थियो । त्यसपछि ती व्यक्ति गुनासो लिएर प्रहरी कार्यालय पुगे ।
त्यहाँ गाँजा किन्ने र बेच्ने दुवैलाई कारवाही हुने प्रावधान छ । तर पुलिसले ती व्यक्तिको कुरालाई हाँसोमा उडाइदिएको छ । किनकि त्यहाँ गाँजाको कारोबार भएको थिएन । प्रहरीले गाँजा किन्नु अपराध भएकाले हरियो साग दिनु उचित रहेको जवाफ दिँदै ती व्यक्तिलाई सम्झाइबुझाइ गरी घर पठाएको थियो ।