लकडाउन अवधीभर गरिब मजदुरलाई खानाको व्यवस्था प्रदेश सरकारले गर्ने
प्रदेश न. २ को मन्त्री परिषदको आज सम्पन्न बैठकले लक डाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागी खानाको व्यवस्था प्रदेश सरकारको तर्फ बाट गर्ने निर्णय गरेको छ । यसको व्यवस्थापन स्थानीय तह संग समन्वय गरेर गर्ने भएको छ। तत्कालको लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख,
नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने र सोही बरावरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गर्ने निर्णय गरिएको छ ।
यसका लागी प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय समाजसेवी संस्थाहरु सम्मलित सर्वपक्षीय समिति गठन गरिने कार्यविधि बनाइएको छ ।
यसका साथै कोरोनाको उपचारमा खटिने चिकित्सकहरुको जीवन विमाका साथै सत प्रतिशत प्रोत्साहन भत्ता समेत दिइने निर्णय प्रदेश सरकारले गरेको छ ।