नेपालमा अहिलेसम्म तीन जना कोरोना भाइरसको संक्रमित भेटिए
0
Shares
काठमाडौ, चैत्र १२ गते । नेपालमा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । मंगलबार राती प्राप्त कोरोनाको परीक्षण रिर्पाेटमा थप एक जनामा देखिएको राष्ट्रिय जनस्वास्थय, प्रयोगशालका सूचना अधिकारी राजेश कुमार गुप्ताले बताउनु भयो ।
खाडी मुलुकबाट नेपाल आएका ३० वर्षीय युवमा देखिएको र उनको टेकु अस्पतालमा उपचार भइ रहको छ ।
बिरामीलाई टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ ।यो सँगै नेपालमा कोरोनाको संक्रमित हुनेको सख्या तीन पुगेको छ ।
यसअघि चीनबाट फर्केका युवा र केहीदिनअघि फ्रान्सबाट फर्किएको किशोरीमा संक्रमण देखिएको थियो । चीनवाट फर्किएका युवा उपचारपछि निको भएर घर फर्किएका छन् भने किशोरीको उपचार भईरहेको छ ।