मुलुकभरको जनजीवन शान्त र ठप्प
0
Shares
कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरेर पूरै देश एक साताका लागि लकडाउन गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ । मंगलबार बिहान ६ बजेदेखि लागू हुनेगरी भएको सोमबारको निर्णय देशैभर लागू भएको हो ।
काठमाडौं उपत्यकाको सडक पनि मंगलबार पूरै सुनसान देखियो भने आज बुधबार बाजार पूर्ण रुपमा बन्द रहेको छ । अत्यावश्यक सेवा सञ्चालनका सवारी साधन मात्र चलेका छन ।
मानिसहरुलाई घर बाहिर निस्कन नदिने र अत्यावश्यक सेवामात्रै सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको थियो ।
आज देशका प्रमुख शहर हरु पूर्ण रुपमा बंद गरिएको छ । बन्दको मौका छोपी बिरगंज महानगर पालिका ले आज बिहान शहरका मुख्य बाटोहरु पानीले धोएका छन ।