नेपाल उद्योग वाणिज्य महासंघ द्वारा उद्योग प्रतिष्ठान बन्द गरी कामदारलाई बिदा दिन अपिल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग प्रतिष्ठान बन्द गरी कामदारलाई बिदा दिन अपिल गरेको छ ।
महासंघले कोरोनाले विश्वसहित सबै मुलुकलाई त्रसित बनाएको र नेपाल सरकारले १८ गतेसम्म अत्यावश्यकबाहेक घरबाहिर ननिस्किन गरेको आग्रहलाई मनन गरी उद्योग प्रतिष्ठान बन्द गरी कामदारलाई बिदा दिन आग्रह गरेको हो ।
विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस (कोभिड–१९०) नेपाल भर फैलन सक्ने सम्भावना देखि सोको रोकथाम, नियन्त्रण तथा निर्मूल गर्न नेपाल सरकार मन्त्रिपरिषद्बाट भएको चैत १८ गते बिहान ६ बजेसम्म अत्यावश्यक सेवामा संलग्नबाहेक कोही पनि घर बाहिर निष्कन नपाउनेलगायत निर्णय समेतलाई मनन गर्दै उक्त अवधिभर आफ्ना सबै उद्योग प्रतिष्ठानहरू बन्द गरी त्यहां कार्यरत कामदार कर्मचारीहरूलाई विदा दिई सरकारले गरेको उक्त निर्णयलाई सफल पार्न नेपाल उद्योग वाणिज्य महासंघ आफ्ना मातहतका सबै सदस्य संघ, संस्था, उद्योग प्रतिष्ठानहरूलाई हार्दिक अपिल गर्दछ, विज्ञप्तिमा भनिएको छ ।
यस कठिन अवस्थामा मानव स्वास्थ्यको संवेदनशीलता समेतलाई ख्याल गरी व्यक्तिगत स्वास्थ्यप्रति अधिकतम सजगता अपनाउदै सुरक्षित रहन सवै उद्योगी व्यवसायी, कामदार कर्मचारीहरुलाई अपिल गर्दै कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा निर्मूल गर्न नेपाल सरकारले जारी गरेका सबै नीति, कार्यक्रम, स्वास्थ्य योजना तथा निर्णयहरूमा आफ्नो ऐक्यवद्धता प्रकट गर्दै आ–आफ्ना स्थानंबाट सहयोग गरी सफल पार्न महासंघ आफ्ना सबै सदस्य संघ, संस्था, उद्योग प्रतिष्ठानहरू सहित सबैलाई महासंघले आग्रह गरेको छ ।