विहान ६.०० बजेबाट शुरु गरेको ( लक डाउन ) अथार्थ घरबाट निश्कन रोक शुरु
काठमाडौं, चैत्र ११ गते । सरकारले आज विहान ६.०० बजेबाट शुरु गरेको लक डाउन अथार्थ घरबाट निश्कन रोक लगाउन शुरु भएको प्रहरीले बताएको छ ।
नेपाल प्रहरीका नयाव महानिरीक्षक विश्वराज पोखरेलले कुनै पनि व्यक्तिलाई आपतकालीन अबस्थामा भने आउजाउ गर्न दिइने व्यबस्था मिलाइएको नेपाल टेलिभिजनसँगको कुराकानीमा बताउनुभयो ।
उहाँले आज विहान ५.०० बजेबाटै प्रहरी परिचालन गरिएको र कतिपय सडकमा आएका मानिसलाई घर भित्रै बस्न माइकिङ गरी आग्रह गरिएको र धेरै जसो घर भित्र गइसक्नु भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, अत्यावश्यक सेवासँग सम्बन्धित ंपानी, दूध, इन्धन खाद्यन्न बोक्ने गाडी भने चल्न पाउने व्यबस्था मिलाइएको छ । कसैलाई इमरजेन्सी छ र त्यो प्रमाणित हुन्छ भने उहाँहरुले आवतजावत गर्न पाउनुहुने छ ।
प्रहरी नायव महानिरीक्षक पोखरेल आम नागरिकलाइ जोखिमबाट बचाउन यो कार्य गरिएकाले सबैको सहयोग मिल्ने अपेक्षा गरिएको बताउनुभयो ।
आन नागरिकलाई कुनै असुविधा भए हेरेर त्यसलाई खुकुलो गरिने समेत बताउनुभयो ।