कोरोना भाइरसको महामारी तीव्र गतिमा बिस्तार हुँदै :डब्लुएचओ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको विश्वव्यापी महामारी थप बिस्तार हुने चेतावनी दिएको छ । विश्वभर अहिलेसम्म तीन लाख ७८ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका छ ।
चीनको वुहानमा गएको डिसेम्बरमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको ६७ दिनपछि संक्रमितको संख्या एक लाख पुगेको थियो ।
तर त्यसको ११ दिनपछि थप एक लाख जनामा संक्रमण पुष्टि भयो । त्यसको मात्रै चार दिनपछि संक्रमितको संख्या तीन लाख भन्दा बढी पुगेको हो ।
तर डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हनोम गेब्रियसुसले अझै पनि संक्रमणको गति कम हुन सक्ने सम्भावना भने रहेको बताएका छन् । या कोरोना भाइरसको संक्रमण मार्ग फेरिन सक्ने चेतावनी पनि उनले दिएका छन् ।
उनले विश्वभरका सरकारहरुलाई परीक्षणलाई सघन बनाउन तथा संक्रमित भएकाहरुलाई पहिचान गर्ने प्रणाली प्रभावकारी बनाउन सुझाव दिएका छन् ।