स्वास्थ्यकर्मी जोखिम मोल्दै स्वास्थ्य जाँच गर्नुपर्ने बाध्यात्मक अवस्थामा
काठमाडौं । नेपालमा गरिएको कोभिड–१९ परीक्षणमा २ हजार जनामा पोजिटिभ देखिएको छ । तर, कोरोना परीक्षण प्रविधि, चिकित्सक र व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) अस्पतालमा पर्याप्त छैनन् । सरकारले कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै प्रभावकारी तयारी गर्न नसकेको देखिएको छ ।
स्वास्थ्यकर्मी अस्पतालमा अहिले पनि सर्जिकल मास्क, पीपीईको अभावमै बिरामी जाँचिरहेका छन् । कोरोना भाइरस संक्रमित व्यक्तिमा सुरुको चरणमा लक्षण नै देखिँदैन । स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनेतर्फ सरकार लागेको देखिँदैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार हाल दैनिक ९ सय जनाको मात्रै कोरोना परीक्षण गर्ने प्रविधि छ । कोरोना भाइरसको आशंकामा नजिकैको अस्पतालमा गइयो भने स्वास्थ्यकर्मी व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई)सहित तयारी अवस्थामा हुँदैनन् ।
कोरोना भाइरस संक्रमितको आशंका भएका बिरामी र संक्रमण भएकाको उपचारका लागि पीपीई महत्वपूर्ण मानिन्छ । तर, अहिले अस्पतालमा पर्याप्त उपकरण नहुँदा स्वास्थ्यकर्मी जोखिम मोलेर काम गर्न बाध्य छन्
कोरोना भाइरस संक्रमण फैलिहाले स्वास्थ्यकर्मी जोखिम मोल्दै स्वास्थ्य जाँच गर्नुपर्ने बाध्यात्मक अवस्थामा छन् । अहिले पनि अस्पतालमा कोरोना आशंकामा आइसोलेसन वार्डमा राखिएका बिरामीको उपचारका लागि खटिने स्वास्थ्यकर्मीका लागि पर्याप्त व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) उपलब्ध गराइएको छैन । यस्तै, संक्रमण फैलिहाले आवश्यक पर्ने एम्बुलेन्स चालकका लागि पनि स्वास्थ्यजन्य सामग्री छैनन् । देशभरका स्वास्थ्यकर्मी जोखिम मोलेर काम गर्न विवश छन् । अहिले पीपीई ढुवानी हुन सकेको छैन । मुख्यतः नेपाली बजारमा पीपीई पश्चिमी देशबाट निर्यात गरिन्छ ।
कोरोना भाइरस संक्रमितको आशंका भएका बिरामी र संक्रमण भएकाको उपचारका लागि पीपीई महत्वपूर्ण मानिन्छ । तर, अहिले अस्पतालमा पर्याप्त उपकरण नहुँदा स्वास्थ्यकर्मी जोखिम मोलेर काम गर्न बाध्य छन् । मुख्यतः केन्द्रमा रहेका शुक्रराज ट्रपिकल अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यकर्मी जोखिम मोल्न विवश छन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलका अनुसार पीपीईको अभाव हुन नदिन सरकार लागिरहेको छ । उनले भने, ‘पीपीई त छ तर यसको समुचित उपयोग प्रमुख मानिन्छ ।’ सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले पीपीईबिना चिकित्सकले जोखिम मोलेर चेकजाँच गरिरहेका छन् । उनले भने, ‘कोरोना भाइरस लक्षणबिना पनि सर्छ । तर, स्वास्थ्यकर्मीले सर्जिकल मास्कसमेत पाउन सकेका छनैन् ।’
बौद्धका जीवन भट्टराई शिल्क एयरलाइन्समार्फत शनिबार बेलुकी ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए । उनका अनुसार सो विमानमा ३ सय जना थिए । उनले भने, ‘के गर्नु, हामीलाई क्वारेन्टाइनमा राखिएन । हाम्रो कुरा कसैले सुनेन ।’ सो विमानमार्फत ९९ जना नेपाल आइपुगेका थिए । उनी सरासर घर जान बाध्य भए । बहराइनमा रहेका तीन नेपालीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने बेलायतमा एक नेपालीको ज्यान गएको छ । यसैबीच, सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्यमा संलग्न जनशक्तिलाई कार्य क्षेत्रगत सर्तका आधारमा जोखिम भत्ता उपलब्ध गराउने भएको छ ।
प्रयोगशाला, स्वास्थ्य परीक्षण र उपचारमा प्रत्यक्ष रूपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सिङ कर्मचारीलाई सुरु तलवमानको ७५ प्रतिशत हुने रकम उपलब्ध गराइनेछ ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकलाई कोरोना भाइरस संक्रमितहरूको उपचारमा खटिन आग्रह गरेको छ । हालसम्म कोरोना भाइरसबाट ३ लाख बढी संक्रमित भएका छन् भने १३ हजार ४ सय ७ जनाको ज्यान गएको छ ।
Copy@ राजधानी न्यूज