नेपाल मा पनि जनता कर्फ्यु लगाउने बारे छलफल हुँदै
काठमाडौं । कोरोना भाइरसका कारण सरकारले भारत तथा चीनको नाका सात दिनका लागि बन्द गरेको छ । नेपाल कोरोना भाइरसका कारण उच्च जोखिममा रहेको हुनाले भारत तथा चीनबाट कोरोना भाइरस नेपालमा नआवोस भनेर नै नाकाबन्दी गरेको बताइएको छ । आज साँझ बसेको मन्त्रीपरिषद्को बैठकले जनता कफ्र्यूको लगाउने विषयमा पनि छलफल भएको एकजना मन्त्रीले बताए । जनता कफ्र्यू लगाउनका लागि नै भारत र चीनको सीमा नाकाबन्दीको अभ्यास गरेको छ । नाकाबन्दीबाट जोखिमलाई नियन्त्रण गर्दै पछि जनता कफ्र्यु लगाउने तयारी भइरहेको ती मन्त्रीले बताए ।
कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि सरकारले एउटा कोष स्थापना गरेको छ । सो कोषमा नेपाल सरकारले ५० करोड राख्ने विषयमा पनि निर्णय भएको छ । सो कोषमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य सबै मन्त्रीबाट एक–एक महिनाको तलब दिने निर्णय भएको छ । प्रधानमन्त्री र मन्त्रीबाट मात्र ५० करोड रुपियाँ नपुग्ने भएपछि प्रत्येक मन्त्रालयबाट चालु वजेटबाट केही रकम कोषमा जम्मा गर्न मन्त्रिपरिषदको बैठकले निर्णय गरेको बताइएको छ ।