विश्वभर कोरोना भाइरसको संक्रमित दिनानुदिन बढ्दै । एक हप्तामा दोब्बर वृद्धि
एजेन्सी, ९ चैत्र । विश्वभर कोरोना भाइरसको संक्रमित दिनानुदिन बढ्दै गएको छ । एक हप्तामा दोब्बर संख्यामा कोरोना भाइरसका संक्रमितको संख्यामा वृद्धि भएको छ ।
सीएनएनले जोन्स हप्किन्स विश्वविद्यालयबाट सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार सँसारभर कोरोना भाइरसका संक्रमितको संख्या तीन लाख कटेको छ । यो गत हप्ताभन्दा दोब्बरले वृद्धि भएको हो । झण्डै १३ हजारको संक्रमणबाट मृत्यु भएको छ । यो पनि एक हप्तामा दोब्बरले वृद्धि हो ।
सबैभन्दा बढी संक्रमित चीनमा र मृत्यु हुने संख्यामा इटाली अगाडि रहेको छ । चीनमा ८१ हजारमा संक्रमण भइसकेको छ । इटालीमा संक्रमितको संख्या ५३ हजार रहेकोमा मृत्यु हुनेको संख्या पाँच हजार नजिक पुगेको छ ।
अमेरिकामा २६ हजार संक्रमित भएका छन् भने ३४६ जनाको मृत्यु भएको छ । स्पेनमा २५ हजार संक्रमित भइसकेका छन् भने १३७८ को मृत्यु भएको छ । जर्मनीमा २२ हजार, इरानमा २० हजार, फ्रान्समा १४ हजार, दक्षिण कोरियामा ८ हजार संक्रमित भएका छन् ।
भारतमा ३३२ जना संक्रमित भएको तथ्यांक छ । पाकिस्तानमा ६४५ संक्रमित भएका छन् ।