पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा मेघ गर्जन र चट्याङको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार देशको पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । अपरान्ह पश्चात देशका केहि स्थानहरुमा सामान्य बदली भइ मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र ०९ गते ९ आइतबार
दिउँसोः देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पश्चात देशका केहि स्थानहरुमा सामान्य बदली भइ मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पूर्वी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी र मध्य भू(भागका थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
चैत्र १० गते (सोमबार)
दिउँसोः पुर्वी पहाडी भू-भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पूर्वी पहाडि भू(भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पश्चिमि भू(भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
चैत्र ११ गते (मंगलबार)
दिउँसोः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमि पहाडि भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पश्चिमी पहाडि भू-भागका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
अपरान्ह पश्चात देशका केही स्थानहरुमा सामान्य बदली भई मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकोले चट्याङबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।