बोर्डर एरिया मा बसने नै सब भन्दा पिडित : बिरगंज उधोग बाणिज्य संघ का अध्यक्ष गोपाल केडिया
बिरगंज उद्योग बाणिज्य संघ का अध्यक्ष गोपाल केडिया आज बिहान रेडियो बिन्दास ९४.८ मेगाहर्ज को कार्यक्रम फोकस मा कुराकानी गर्दै कोरोना भाइरसको कारण सब भन्दा बढी पिडित बोर्डर एरियामा बसने मानिस नै रहेको बताउनु भएको छ । उनले गएको फागुन महिनाको ३० गते नै बिरगंज उधोग बाणिज्य संघको मिटिंग बोलाएर नेपाल सरकारको स्वास्थ्य मन्त्रालयलाई चिठी लेखेर बिरगंजबासीलाई कोरोना बाट सुरक्क्षित राखनको लागि नारायणी अस्पतालमा आइसोलेसन वार्ड राख्नु पर्ने र किट को ब्यबस्था गर्नु पर्ने मांग गरेको तर अहिले सम्म कुनै सुनुवाई नभएकोमा गुनासो ब्यक्त गरेका छन् ।
स्थानीय निकाय लगायत प्रदेश सरकार र सम्बन्धित निकायले कोरोना को बारेमा सचेतना न अपनाउदा आइपर्ने समस्या को बारेमा पनि चिन्ता व्यक्त गर्नु भएको छ । बीरगंजको घना बस्ति को बिचमा रहेको बालमन्दिरमा कोरोना को आइसोलेसन वार्ड स्थापना गर्ने कुरा हुदै गरेको प्रति पनि उनले चिन्ता ब्यक्त गरेका छन । कोरोना संग सम्बन्धित कुनै पनि उपचारको ब्यबस्थापन घना बस्ति बाट टाढा राख्नु पर्ने पनि उनले सुझाव दिएका छन् ।
कार्यक्रम फोकस मा कुरा गर्दै उनले बिरगंज उधोग बाणिज्य संघ मा अहिले सम्म सर्व सहमति बाटै अध्यक्ष चुनिदै आएको बताउदै उनले आउदो अधिवेसन बाट संघका बरिष्ठ उपाध्यक्ष सुबोध कुमार गुप्ता नै अध्यक्ष हुने पनि प्रस्ट पर्नु भयो । बिरगंज उधोग बाणिज्य संघ को आउदो अधिवेसन २०७७ पुसमा हुने कुरा पनि उनले बताउनु भएको छ ।