प्रदेश २ को नामकरण र स्थायी राजधानीका लागि प्रदेश सभामा भोलि बिहान मतदान हुने
0
Shares
प्रदेश २ को नामकरण र स्थायी राजधानीका लागि प्रदेश सभामा भोलि बिहान मतदान हुने भएको छ । नाम र राजधानी तोक्ने सम्बन्धमा दलहरूबीच सहमति जुट्न नसकेको अवस्थामा अब मदतानबाटै निर्णय लिइने भएको छ ।
यद्यपि सहमति नै भएको खण्डमा पनि संविधानत: मतदानको प्रक्रियाबाटै टुंगो लगाउनुपर्ने हुन्छ । प्रदेशको नाम र राजधानी तोक्न प्रदेश सभामा दुईतिहाइ बहुमत चाहिन्छ । भोलि बिहान ८ बजे नाम र राजधानीका लागि मतदान तय भएकाले अनिवार्य उपस्थितिका लागि सभामुखले रुलिङ समेत गरेका छन् ।