नेपालीमा कोरोना देखिएको छैन तर सचेत रहन जरुरी
काठमाडौं फागुन २५ गते । अहिलेसम्म नेपालमा कुनै पनि नेपाली नागरिकलाई कोरोना भाईरसको संक्रमण नदेखिए पनि देखा परीहाले त्यसका लागि हस्पिटलहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिईसकेको बताइएको छ ।
आइतवार काठमाडौंमा नेपाल चेम्वर अफ कमर्सले आयोजना गरेको कोरोना भाईरसको संभावित जोखिम बारे जानकारी र उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले भारत र चीनबाट आवत– जावत हुने नाकामा स्वास्थ्य हेल्प डेष्क राख्ने तयारी भईरहेको जानकारी दिनुभयो ।
उहाँले कोरोनाको संक्रमणलाई लक्ष्यित गरेर नेपालबाट जावत–जावत हुने नाकामा थप हेल्प हेल्थ डेष्क राखिने जानकारी गराउनुभयो । सरकारले कोरोना भाईरस संक्रमण भित्रन नदिन चेकजाँचलाई कडाईकासाथ अगाडि बढाएको महानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।
आफनो स्रोत, साधन र क्षमताले भ्याएसम्म कोरोना संक्रमण कुनै व्यक्तिलाई छकी भनेर खोजी गर्न युद्धस्तरमा सरकार लागि गरेको श्रेष्ठले जानकारी दिनुभयो । यो रोगबाट जोगिन सवै नेपाली एक जुट भएर लाग्न आवश्यक रहेको समेत उहाँले बताउनुभयो । नेपाल यो कोरोनाको संक्रमणबाट बचन अरु देश भन्दा बढी सर्तक रहन जरुरी रहेको महानिर्देशक श्रेष्ठले बताउनुभयो ।
अन्य देशमा फैदिदै गएको संक्रमणलाई अध्ययन गर्दा बृद्ध मानिस र मुटुरोग, दमरोग, र सुगरका विरामीलाई बढी आक्रमण गर्ने गरेको आफूहरुले पाएको उहाँले बताउनुभयो । विगतको ४० वर्षमा विश्वमा४० वटा भन्दा बढी यस प्रकारका रोग आएको समेत जानकारी दिदै सचेत रहन महानिर्देशकले आग्रह गर्नुभयो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले एअरपोर्टमा आवत–जावत गर्ने यात्रुहरुलाई प्रभावकारी रुपमा चेकजाँच गरिहेको बताउनुभयो ।
विमानस्थलमा संक्रमणको मेडिकल टिमलाई शंका लागेमा विरामीलाई एम्बुलेन्सबाट हस्पिटल लैजाने व्यवस्था गरेको कर्णले जानकारी दिनुभयो । कोरोनाको संक्रमण कसरी बच्न सकिन्छ भनेर चेक जाँच गर्न विभिन्न व्यवस्था उपाय अपानाएको उहाँले बताउनुभयो ।