चैत ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न गर्न विद्यालयहरुलाई शिक्षा मन्त्रालयको निर्देशन
0
Shares
काठमाडौं, फागुन २० । ‘कोरोनाभाइरस’को त्रासका कारण शिक्षा मन्त्रालयले चैत ५ गतेभित्र कक्षा–१ देखि ९ सम्मको वार्षिक परीक्षा सम्पन्न गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।
शिक्षा मन्त्रालयले मंगलबार सूचना जारी गर्दै आगामी चैत ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न गर्ने व्यवस्था मिलाउन भनेको हो ।
यस्तै, विद्यालयहरुमा सभा–सम्मेलन, समारोह, वार्षिकोत्सव, अभिभावक दिवस कार्यक्रमहरु पनि नगर्न निर्देशन दिएको छ ।
चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षाको विषयमा भने केही खुलाइएको छैन ।