आमाको जन्मदिनमा संजय दत्तले व्यक्त गरे मनको भावना
जेष्ठ १८ मुम्बई__ बलिउडकी सुन्दर अभिनेत्री नरगिस दत्तको जन्म जयन्तीको दिन आज उनका प्रशंसकहरुले उनलाई सम्झिरहेका छन् । यो विशेष मौकामा नरगिसका छोरा अभिनेता संजय दत्तले पनि आमासंग बिताएका बाल्यकालका सम्झनालाई शेयर गरेका छन् ।
संजय दत्तले आफ्नो फोटो एल्बमबाट बाहिर नआएका केही तसिबर शेयर गरेका छन्, जसमा आमासंग संजय र उनकी बहिनी देखिएकी छिन् । अर्को ततसिबरमा संजयले आफ्ना आमा र बुबा अर्थात नरगिस र सुनिल दत्त दुवैको तस्बिर शेयर गरेका छन् ।
तस्विर शेयर गर्दै संजयले ‘तपाईँ जस्तो कोहि छैन, ह्यापि बर्थडे आमा’ लेख्दै आमाका लागि प्रेम व्यक्त गरेका छन् । नरगिसको जन्म सन् १९२९ जून १ मा कोलकातामा भएको थियो ।हिन्दी फिल्मको इतिहासमा नरगिसको नाम ठूलो सम्मानका साथ लिइन्छ ।
तीन दशकको आफ्नो करियरमा नरगिसले विभिन्न सफल फिल्महरुमा अभिनय गरिकी छिन् । फिल्म मदर इन्डियामा राधाको भूमिकालाई नरगिसको स्मरणीय भूमिका मानिन्छ । उनलाई फिल्म रात और दिनका लागि नेशनल एवार्ड फर बेस्ट एक्ट्रेस उपाधि पनि प्रदान गरिएको थियो ।