बारा पर्सा औधोगिक करिडोरको ५० प्रतिशत उद्योगहरू बन्द
जेष्ठ १५ वीरगंज__गएको वैसाख दोश्रो सतादेखि कोरोना नियन्त्रण गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि बारा पर्सा औधोगिक करिडोरको ५० प्रतिशत उद्योगहरू बन्द भएका छन् । केही सञ्चालित उद्योगहरूले पनि उत्पादनमा ठूलो कटौती गरेका छन् । अझै निषेधाज्ञा लम्बिँदै गए औद्योगिक क्षेत्रभित्रका अधिकांश उद्योग बन्द हुन सक्ने वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताले बताएका छन् ।
निषेधाज्ञा सुरु भएपछि उद्योगहरूले ५० प्रतिशत मजदुर कर्मचारी राखेर बिहान ६ देखि बेलुका ४ बजेसम्म सञ्चालन गर्दै आएका थिए । तर अहिले उत्पादनको बजारमा माग नभएकाले केही उद्योगहरू पूर्णरूपमा बन्द गरिएका छन् भने केहीले ७५ प्रतिशतसम्म उत्पादन कटौती गरेको वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताले बताए ।
अहिलेको लगातारको बन्द र निषेधाज्ञाले धेरै उद्योगको बजार हाथ बाट निस्किदै गइरहेको र बजार बाट पैसा उठाऊँन गार्हो हुँदै गइरहेको उनले बताए । यस्तै अवस्था रहि रहे भोलीको दिनमा उद्योग र उद्योगी बिस्थापित हुन बेर नलागने उनको तर्क रहेको छ ।
निषेधाज्ञा लम्बिँदै गए खाद्य, दाना र बिस्कुटबाहेकका उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुग्नेछ,’ उनले भने, ‘उत्पादित वस्तुको बजारमा खपत नभएपछि भण्डारण गर्ने ठाउँ पनि हुनुपर्ने उनले बताए । उत्पादित बस्तुको बजार पनि नरहेको अवस्थामा उद्योग चलाउनु पनि जोखिम नै रहेको उनले बताए ।
अहिले स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि बारा पर्सा औद्योगिक क्षेत्रका अधिकांश उद्योगले क्रमशः उत्पादन कटौती गर्नुका साथै ४० देखि ५० प्रतिशतभन्दा बढी उद्योग निषेधाज्ञापछि बन्द गरिएको वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताले बताए ।