यसवर्ष भ्यालेन्टाइन सप्ताहमा १ करोडको गुलाफमा विक्रि हुने अनुमान
भ्यालेन्टाइन(प्रणय) सप्ताहमा भारतबाट मात्रै नेपालमा ७० करोडको गुलाफ आयात हुन भएको छ ।
यसवर्ष भ्यालेन्टाइन सप्ताहमा १ करोडको गुलाफमा विक्रि हुने अनुमान गरिएको फ्लोरिकल्चर एसोसियसन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताएका छन् । जसमध्ये ३० करोडको गुलाफ नेपालमै उत्पादन हुने भएपछि भारतबाट ७० करोडको आयात हुने श्रेष्ठको भनाइ छ ।
श्रेष्ठका अनुसार ‘भ्यालेन्टाइन सप्ताहमा गुलाफको माग अत्याधिक हुन्छ । तर, चिसो मौसममा नेपालमा गुलाफको उत्पादन घट्ने हुने भएकाले ठूलो हिस्सा भारतबाट आयात हुन्छ,’ अध्यक्ष श्रेष्ठले बताए ।
यसपटक १ लाख ५० हजार बढि गुलाफहरु खपत हुने अनुमान गरिएको छ । प्रति गुलाफको खुद्रा मुल्य ७० देखि १०० रुपैयाँसम्म पर्ने उनले बताए ।
गतवर्ष यसअवधिमा १ लाख ६० हजार गुलाफ विक्रि भएको उनले बताए । भ्यालेन्टाइन मुख्य गरि युवाहरुले मनाउने भएकाले दैनिक हजारौं युवाहरु विदेश जाने भएकाले पनि यसवर्ष कम माग भएको उनको तर्क रहेको छ ।