ज्ञातअज्ञात शहीदको सम्झना गर्दै आज शहीद दिवस मनाइदै
काठमाडौं। देश–जनताका निम्ति आहुति दिने ज्ञातअज्ञात शहीदको सम्झना गर्दै आज बिहीबार ‘शहीद दिवस’ मनाइ“दै छ ।यही अवसरमा काठमाडौं लैनचौरस्थित शहीद स्मारक र सुनधारास्थित शहीद गेटमा फूलमाला अर्पण गरी श्रद्धाञ्जली अर्पण गरिँदै छ ।
हरेक वर्षझैं यस वर्ष पनि काठमाडौं महानगरपालिकाले श्रद्धाञ्जलीसभा आयोजना गर्दै छ । हरेक वर्ष १६ माघमा ‘शहीद दिवस’ मनाइ“दै आएको छ । २०१२ सालदेखि यो दिवस मनाउन थालिएको हो । गत १० माघबाट सुरु ‘शहीद सप्ताह’ आज बिहीबारबाटै सकिँदै छ । श्रद्धाञ्जली कार्यक्रमअघि रत्नपार्कबाट प्रभातफेरी निकालि“दै छ ।
विशेषगरी, राणा शासन अन्त्य गराउन ज्यानको आहुति दिने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको यस दिन स्मरण गरिन्छ ।
१० माघ १९९७ मा शुक्रराज शास्त्रीलाई काठमाडौं टेकु खरिबोट रूखमा झुन्ड्यार मारिएको थियो । यसैगरी, धर्मभक्त माथेमालाई १३ माघमा सिफलमा झुन्ड्याइएको थियो ।त्यस्तै, शहीद दशरथ चन्द र गंगालाल श्रेष्ठको १५ माघमा राणा शासकले शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो ।
यसैगरी, २०४६ र २०६२÷०६३ को जनआन्दोलनअघि, राणा शासन हटाउन प्रमुख भूमिका खेल्ने शहीदलाई सप्ताहमा सम्झना गरिए पनि अहिले पहिलो र दोस्रो जनआन्दोलनका शहीदको पनि स्मरण गरि“दै आएको छ ।
सप्ताह अवसर पारी काठमाडौं महानगरपालिकाले करिब ३० लाखको लागतमा तीन शहीदको पूर्णकदको शालिक निर्माण गरेको छ ।यसैबीच, राणा शासनविरोधी अभियानमा प्राण आहुती दिने मुख्य चार शहीदमध्येका धर्मभक्त, दशरथ र गंगालालको पूर्ण कदको शालिक अनावरण गरिएको छ । करीब १० लाखमै निर्माण भएको शुक्रराजको शालिक भने अघिल्लो वर्ष नै अनावरण गरिएको थियो ।