प्रदेश नंं २ को राजधानी जनकपुरधाम हुने
माघ १२ गते । प्रदेश नंं २ को राजधानी जनकपुरधाम हुने टुङ्गो लागेको छ । प्रदेशको नाउँ तथा राजधानीको टुङ्गो लगाउनका लागि प्रदेश नंं २ मा गठित संसदीय समितिले प्रदेशको राजधानी जनकपुरधाम रहने निर्णय गरेको समितिका सभापति एवम प्रदेश नं.२ का सभामुख सरोजकुमार यादवले जानकारी दिनुभयो ।
राजधानीको चार किल्ला तोकेर प्रदेश नंं २ को राजधानी जनकपुरधाम तोक्ने समितिका पदाअधिकारीहरू बीचमा सर्वसम्मती भएको सभामुख यादवले बताउनु भयो ।
प्रदेश सभाले नै विभिन्न दलहरूको सहभागितामा गठन गरेको सर्वदलीय संसदीय समितिमा राजधानीको विषयमा फरक मत दर्ज गर्नेले आफ्नो फरक मत फिर्ता लिएर छलफलमा सहभागि भएर राजधानीको विषयमा सबै जना एकमत भएपछि सर्वसम्मती भएको समितिका संयोजक यादवले जानकारी दिनुभयो ।
प्रदेश नंं २ को राजधानीको केन्द्र जनकपुरधाम तोकेर उत्तरमा ढल्केवर, दक्षिणमा धनुषाको वोर्डर क्षेत्र, पश्चिम तथा पूर्वमा मध्यमा मिथिला परिक्रमा क्षेत्रलाई तोकेर जनकपुरधाम राजधानी तोक्ने सहमति भएको सभामुख यादवको भनाइ रहेको छ ।
राजधानीको टुङ्गो लागेपछि नाउँको विषयमा पनि चाडै संसदीय समितिमा प्रवेश गराएर निर्णय लिने र यसको निर्णय चाडै गर्ने सभामुख सरोज कुमार यादवले जानकारी दिनु भयो ।
प्रदेशको राजधानी तथा नाउँको विषयमा प्रदेश सभामा कायम रहेको सदस्यहरु मध्ये दुई तिहाई बहुमतवाट टुङ्गो लगाउने संवैधानिक प्रावधान रहेकोले राजधानीको विषयमा टुङ्गो लागे पनि प्रदेशको नाँउको विषयमा छलफल अगाडि नबढेको बताउनुभयो ।
प्रदेश नं.२ का मुख्यमन्त्री लालवावु राउत प्रदेश बाहिर रहनु भएकोले उहाँ आउन वितिकै प्रदेशको नाँउमा पनि छलफल अगाडि बढने बताउनुभयो । उहाँले प्रदेश नं.२ भित्र हुने हरेक महत्वपुर्ण कार्यमा सवै दल एकमत हुने गरेको कारण प्रदेशको नाँउको विषयमा पनि सबै दल एकमत भइ अगाडि बढनेमा आफू आशावादी रहेको बताउनु भयो । प्रदेश नं.२ को नाँउको विषयमा भने दलहरू बीच फरक फरक मत देखिएको छ । मधेश केन्द्रित दलहरुले प्रदेशको नाँउ मधेश प्रदेश हुनु पर्ने अडानमा छ भने नेकपा र नेपाली काँग्रेसले प्रदेशको नाँउ मिथिला हुनु पर्ने अडानमा रहेको छ ।