के अनमोल प्रेममा परेकै हुन् ?
नायक अनमोल केसीको प्रेमको बारेमा जान्न धेरी उत्सुक हुने गरेको पाइन्छ तर आज सम्म उनको वास्तविक प्रेमिका को हुन् भनेर कसैलाई थाहा नभएको आवस्था छ । अनमोल नेपाली चलचित्रका एक उदाउँदो स्टार तथा फिमेल फ्यान बढी भएका नायक भएकै कारण उनको प्रेमको बारेमा धेरै व्यक्तिहरु जान्ने कोसिस गर्ने गर्दछन् ।
बेलाबखतमा धेरै अन्यकलाकारको प्रेम सम्बन्धको बारेमा हल्लाहरु भएतापनि अनमोलको कमनै हुने गरेको थियो तर पछिल्लो केही समयता नायक अनमोल केसी र नायिका सारा सिर्पाली बिचको प्रेम सम्बन्ध चर्चा विषय बनिरहेको छ ।
सारा चलचित्र ‘रुद्र’बाट नेपाली सिने जगतमा डेव्यु गरेकी हुन् । सारा अभिनित दुई चलचित्र ‘रुद्र र ‘पिँजडा ब्याक अगेन’ले व्यावसायिक हिसाबले राम्रो सफलता नपाएपनि नायिका साराले भने राम्रो चर्चा बटुलेकी थिइन् । अहिले यी नायिकाको अनमोलसंगको प्रेम सम्बन्ध यथार्थ हो या सारा अभिनित नयाँ चलचित्र ‘सुश्री सम्पत्ति’ जो रिलिजको नजिक रहेकाले पब्लिसिटी स्टन्ट मात्र हो भन्ने पछि अवस्य खुल्नेनै छ ।